You are here
Home > मनोरञ्जन > तनहुँको अलैँचेमा मगर साहित्यमा मगरपन विषयक गोष्ठि

तनहुँको अलैँचेमा मगर साहित्यमा मगरपन विषयक गोष्ठि

२६ कार्तिक २०७४, आईतवार १७:५०

तनहुँ |
तनहुँको व्यास नगरपालिका वडा न. ७ अलैंचेमा मगर साहित्यमा मगर पन र मगर साहित्यको अवस्था तथा चुनौति विषयक एक दिने गोष्ठि सम्पन्न भएको छ । आदिकवि जितवहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानको आयोजना र नेपाल मगर लेखक संघ प्रदेश न. ४ को सह आयोजना तथा नेपाल प्रज्ञाप्रतिष्ठानको सहयोगमा आयोजना गरिएको उक्त गोष्ठि शनिबार सम्पन्न भएको हो  ।

प्रमुख आथितियको रुपमा तनहुँ पुग्नु भएका, नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ्ले भने, ‘आदिवासी समुदायको जिवित पहिचान भनेकै मातृभाषा र संस्कृती रहेकाले पछिल्लो समय आधुनिकीकरणले भाषा र सस्ंकृती धरापमा पर्दै गइरहेकाले संरक्षण र जगेर्ना आजको आवश्यकता छ।’ उहाँले भने, ‘मगरपनको संस्कृती र भाषाखोज्न गाउँ–गाउँ जान मगर साहित्यकारहरुलाई आग्रह गर्दै भाषा साहित्यको खोज र विकाशका लागी गाउँ क्षेत्रका समुदायलाई अग्रसर गराउन यी कार्यक्रमले रचनात्मक भुमिका खेल्ने छ ।’

मगर साहित्यको अवस्था र चुनौति बिषयमा साहित्यकार तथा मगर भाषाका चलचित्र निर्देशक सन्जोग लाफा मगर, मगर भाषाका वरिष्ठ साहित्यकार लोकवहादुर थापा झुस्या मगरले प्रस्ट पार्नु भएको थियो । भने, मगर समुदायमा बोलिने तिन भाषिका अन्तरगत अठार मगरात क्षेत्र अन्तरगत बोलिने मगर खाम भाषामा साहित्यकार समिप वैरागी झाँक्री मगर र पत्रकार एवम् चलचित्र निर्देशक अनिल बुढा मगरले रचना प्रस्तुत गरेका थिए । त्यसैगरी कवि रावत तामाङ् , गायक कुमार गुरुङ्, कवि दुतेन्द्र चाम्लीङ् राई लगाएतले आफ्नो कविता र गित प्रस्तुत गरेका थिए ।

गोष्ठिमा नेपाल मगर लेखक संघ केन्द्रीय समितिका पूर्व महासचिव उजिर राना मगर, म्याग्दे गाउँपालिका प्रमुख मायादेवि राना मगर, म्याग्दे गाउँपालिका वडा न. ३ का अध्यक्ष श्री वहादुर थापा मगर, नेपाल मगर लेखक संघ रोल्पा जिल्ला समितिका अध्यक्ष समिप वैरागी बुढा मगर, कवि राकेश बुढा मगर, संस्कृतीकर्मी दानवहादुर थापा, नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष विष्णु मास्की, मगर संघ तनहुँका जिल्ला सदस्य रिमा आले मगर, मगर भाषामा शिक्षक तथा लेखक इन्द्र वहादुर थापा मगर, मगर गुठ समितिका अध्यक्ष नर वहादुर थापा मगर लगाएतले मगर भाषामा साहित्य बाचन गरेका थिए ।

विभिन्न जिल्लाका मगर भाषाका साहित्यकार, चलचित्रकर्मी र बौद्धिक वर्गको सहभागिता रहेको उक्त कार्यक्रममा मगर होम स्टे अलैँचेका आमा समुहले मौलिक झाँकी तथा संस्कृतीहरु प्रस्तुत गरेको थियो । जितवहादुर सिंजाली साहित्य प्रतिष्ठानका अध्यक्ष सन्जोग लाफा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य प्रतिष्ठानका कोषाअध्यक्ष पुरन थापा मगरले गरेको थियो भने, सन्चालन नेपाल मगर लेखक संघ प्रदेश न. ४ का अध्यक्ष गिता थापा मगरले गरेकी हुन् ।