You are here
Home > Front News > डान्स रियालीटी शो रियो छमछमीको बुटवलमा अडिसन

डान्स रियालीटी शो रियो छमछमीको बुटवलमा अडिसन

२ मंसिर २०७५, आईतवार १०:४५

नेपाल टेलिभिजनको आयोजनामा हुँदै आइरहेको डान्स रियालीटी शो रियो छमछमी सिजन–४ को यही मंसिर १ र २ गते बुटवलमा अडिसन हुने भएको छ । बुटवल मिलनचोकस्थित दियालो फुडल्याण्डमा हुन लागेको अडिसनमा सहभागी हुनका लागि लुम्बिनी अञ्चल लगायत आसपासका प्रतिस्पर्धीहरूलाई आव्हान गरिएको छ ।

नेपाल टेलिभिजनले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै नृत्य प्रतिभा भएका १४ वर्ष माथिका सबैलाई अडिसनमा सहभागी भइदिन आव्हान गरेको हो ।
नेपाल टेलिभिजनकी कार्यकारी निर्माता निता सापकोटाले यो कार्यक्रम बिशुद्ध रूपमा गैरनाफामुलक भएको भन्दै गाउँगाउँबाट प्रतिभाको खोजी गर्नै उद्देश्यले यो कार्यक्रमको सुरुवात गरिएको बताइन् ।

टेलिभिजनका बरिष्ठ क्यामेरामेन पुरुषोत्तम घिमिरेले यस वर्षदेखि नेपाल टेलिभिजन एच डी क्वालीटीमा जान लागेको भन्दै छमछमीका सबै सबै कार्यक्रमहरू पनि एचडी क्वालीटीमा छायांकन गरिने भएकाले गत वर्षहरूमा भन्दा यस वर्ष अझै गुणस्तरयुक्त हुने बताए ।
देशभरीबाट हजारौंको सहभागिताको अपेक्षा गरिएको यस प्रतियोगितामा बुटवलबाट मात्रै २ सय बढि प्रतियोगिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रतियोगितामा विजेता बन्ने प्रतियोगिले २८ लाख बराबरको मारुती के टेन कार पाउनेछन् ।

त्यस्तै द्वितीय हुनेले पाँच लाख बरावरको र तृतीय हुनेले तीन लाख बराबरको सीजी होम एप्लायन्सका सामान पाउनेछन ् । दुई दिनसम्म संचालन हुने बुटवल अडिसनमा बरिष्ठ कोरीयोग्राफर कमल राई र नृत्यकर्मी संघ रूपन्देहीका अध्यक्ष अनु रजक निर्णायकको भूमिकामा रहनेछन । कार्यक्रममा राष्ट्रिय समाचार समिति प्रदेश पाँच प्रमुख भरत के.सी, बरिष्ठ गायिका देविका वन्दना, नेपाल टेलिभिजनका बुटवल संवाददाता हरिष ढकाल लगायतले बोलेका थिए ।

 

  • 7
    Shares