You are here
Home > Front News > डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २७ जना घाइते

डडेल्धुरा बस दुर्घटना अपडेटः मृतकको संख्या १८ पुग्यो, २७ जना घाइते

७ मंसिर २०७५, शुक्रबार १०:०७

डडेल्धुराको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २७ जना घाइते भएका छन्।

उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा डा. केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहिबार बेलुका करिब ५:४० बजे दुर्घटनामा परेको थियो।

दुर्घटनामा १३ पुरूष र ५ जना महिलाको मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेल्धुराका मेडिकल सुपरिटेन्डेन्ड डा. जितेन्द्र कँडेलले जानकारी दिए।

सनाखत भएका मृतकहरु
१) डोटीको नवदुर्गा गाउँपालिका-३ का २२ वर्षका चक्र धामी
२) दिपायल सिलगढी नगरपालिका-३५ वर्षका शशि विक
३) शिखर गाउँपालिका-११ का २५ वर्षका गोदा भाट
४) शिखर गाउँपालिका-११ का ४० वर्षका कैलाश रावल
५) शिखर गाउँपालिका-११ का ४० वर्षकै योगेन्द्र रावल
६) शिखर नगरपालिका-१० का १६ वर्षका रोहित बलायर

डोटीको शिखर नगरपालिकाको बानिडुग्रेसइनस्थित पिस जोन एकेडेमीको से १ क २९३ नम्बरको बस रडुवा खोलामा सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिए।

हाल उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १३ जनाको उपचार भइरहेको छ भने १४ जनालाई धनगढी रेफर गरिएको छ। दुई जना उपचार पछि घर फर्किएका छन्।

गम्भीर घाइतेको संख्या बढी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सहयोग रहेको थियो।