You are here
Home > Front News > जेनिसा बनिन् पहिलो मिस थारु

जेनिसा बनिन् पहिलो मिस थारु

७ पुष २०७४, शुक्रबार ०४:१३
 काठमाडौँ |

राजधानीमा आयोजित मिस एण्ड मिस्टर थारु प्रतियोगितामा चितवनकी जेनिसा चौधरी पहिलो मिस थारु बनेकी छिन्। उनले ५० हजार नगद तथा अन्य पुरस्कार पाइन्।

थारु अनलाइन मिडियाले पहिलोपटक आयोजना गरेको मिस एण्ड मिस्टर थारुमा मिस नेपाल बब्ली २०१५ की निष्मा चौधरीको कोरियोग्राफीमा प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले जेनिसाlलाई ताज पहिर्‍याइदिएकी थिइन्। फस्ट रनअरप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनअरपको उपाधि यारिसा चौधरीले हात पारेका थिए। दुवै विजेतालाई मिस नेपाल इन्टरनेशनल २०१६ की विजेता वर्षाले लेखीले ताज पहिर्‍याइदिएकी थिइन् । उनीहरुले क्रमशः २० हजार र १० हजार तथा सम्मान पत्र पाए।

त्यसैगरी सोही समारोहमा भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले हात पारेका छन्। २१ प्रतिस्पर्धीलाई उछिन्दै उनले सो उपाधि हात पारे। सुभम चौधरी फस्ट रनरअप र सेकन्ड रनअय प्रद्युम्न चौधरी भए। विजेता चन्दनले पनि नगद ५० हजार पाउनुका साथै रनरअपहरुले क्रमशः २० र १० हजार नगद पाए।