You are here
Home > Front News > जुत्ता मेलामा फेसन-शो, मोडल र फ्लोरमा ग्राहक

जुत्ता मेलामा फेसन-शो, मोडल र फ्लोरमा ग्राहक

१७ पुष २०७४, सोमबार २०:५२
काठमाडौं ।
राजधानीको भृकुटीमण्डपमा जारी १४ औं औद्योगीक प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । उक्त फेसन शो मेला प्रदर्शनी स्थलमानै मोडलहरुले नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको साथमा र्याम्पमा क्वाटवाक गरेका थिए।

प्रदर्शनी पुस १३ गतेदेखि सुरु भएको प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ ।

आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले फेसन शो अवलोकन गरेका थिए ।

प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ ।

मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । मेला पुस १८ गतेसम्म चल्नेछ ।

 

1768