You are here
Home > Front News > पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकाे निधन

पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकाे निधन

१८ कार्तिक २०७५, आईतवार १३:५१

पूर्वमन्त्री तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको ७७ वर्षकाे उमेरमा असामयिक निधन भएकाे छ । काठमाडाै‌काे थापाथलीस्थित नर्भिक अन्तर्राष्टिय अस्पतालमा नेता तुलाधरकाे निधन भएकाे हाे ।

तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा हुन् । त्यति मात्रै हाेइन, उनी तत्कालीन समयमा चर्चा पाएकाे प्रचण्डपथकाे एउटा हाँगाे मानिन्छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई गएकाे शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको हो । पछि उनलाई नर्भिक सारिएकाे थियाे । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियाे ।

  • 8
    Shares