You are here
Home > Front News > चीनले प्रशंसा गर्दै भन्यो “प्रचण्ड राजनेता हो”

चीनले प्रशंसा गर्दै भन्यो “प्रचण्ड राजनेता हो”

१९ माघ २०७४, शुक्रबार १२:१५

काठमाडौं।

पुष्पकमल दाहाल (प्रचण्ड)काे चिनियाँ कम्पुनिष्ट पार्टीले उच्च प्रशंसा गरेकाे छ । चीनमा जारी नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुको अन्तक्र्रियामा चिनियाँ कमयुनिष्ट पार्टीका विदेश विभागका एसिया व्युरो प्रमुख साव लिङले पुष्पकमल दाहाल (प्रचण्ड) कुसल नेता भएको बताए ।

नेपाली राजनीतिको अग्रस्थानमा रहेको माओवादी केन्द्रले गणतन्त्र स्थापना, संविधान निर्माण र शान्ति प्रक्रियाकालागि खेलेको भुमिकाबाट आफूहरु प्रभावित भएको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एक कुसल एवं गहन बिषय उठाउन सक्ने नेता भएको बताए ।

विश्वका छ सय कम्युनिष्ट पार्टीहरुमध्ये नेकपा माओवादी केन्द्रलाई पहिलो नम्बरमा राखेको जनाएको छ । हालै समपन्न १९ औँ महाधिवेशबाट नयाँ समाजवादी क्रान्तिको नीति लिएको चीनले विश्वमा सामाजवाद कसरी अगाडि बढ्छ भन्नेमा चासो लिएको उनले बताए ।