You are here
Home > Front News > चन्द्रागिरी हिल्सको ब्रम्हलुट कहिलेसम्म ? दस रुपैयाँको पानीलाइ असी रुपैयाँ !!

चन्द्रागिरी हिल्सको ब्रम्हलुट कहिलेसम्म ? दस रुपैयाँको पानीलाइ असी रुपैयाँ !!

२८ मंसिर २०७४, बिहीबार ११:४५

भोलि चन्द्रागिरि हिल्स घुम्न जाने मीठो कल्पना सहित छिट्टै निदाएछु आज ५ नबज्दै ब्युझे । उठेर चियाको चुस्की सँगै साथिहरुलाई सम्पर्क गरे । र कलङ्की भेट गर्ने कुरा भयो । चन्द्रागिरी डाडोमा निक्कै चिसो लाग्छ भन्ने सुने अनुरुप न्यानो कपडा लगाएर बाइक स्टार्ट गरे र बिहानीको चिसो सिरेटोको पर्बाहै नगरी कोटेस्वर, थापाथली, त्रीपुरेस्वर हुँदै कलङ्की पुगेँ । साथिहरु मेरै इन्तजारमा रहेछन । कलङ्कीमा पुग्दा पारी क्षितिजतिर अजङ्गको चन्द्रागिरी ठिङ्ग उभिएको थियो । हामी ६ नै जना सोझियौ उकालोतिर ।

जब कलङ्किलाइ पिठ्युँ फर्काउदै अघि भर्खर आखाले सङ्केत गरेको चन्द्रागिरी तर्फ बाइकको स्पिड्लाइ बाढायौ तब एकाएक त्यहाको धुलाम्य बाटो, खाल्डा – खुल्डी, कतै पिच त कतै कच्ची । मनमनै लाग्दैथ्यो देशको अति बिकट र दुर्गम जिल्लामा सबारी हाक्दैछु । कलङ्की देखि पुरानो चौकी भएको स्थान सम्म पुग्दा हामीले लगएका कपडाहरु माटो रङ्गमा परिनत भैसकेका थिए । लाग्थ्यो सिङ्हदरवारको नाकै अगाडिको यो सडकखण्डको यो दुर्दसा देख्दा सरकारको लाचारिपनलाइ धिकार्दै केबलकार चढ्ने चन्द्रागिरि प्रबेस गर्ने गेट स्थानमा पुग्यौ ।

मैले पहिले सुने झै यहाँ साच्चै मनमोहक अनुभूति भयो । हामी मध्यका एकजना साथि टिकेट काट्न लागे भने हामी चाहिँ त्याहाको पानीको फोहरामा फोटो खिच्न तल्लिन रह्यौ । यतैबेला सम्म टिकट आइपुग्यो र केबुलकार चडने लाइनमा बस्यौ, हामी ६ जना र अन्य ३ जना गरि ९ जना एउटै केबुलकारमा अटायौ । थोरै डर तर भित्रैबाट काठमाडौको मनोरम सुन्दर दृश्य हेर्न सकिने कारण माथी पुगेको पत्तै भएन । यो केबुलकार चढ्ने मेरो दोस्रो अनुभव थियो यस अघि मनकामना दर्शनमा जादा पहिलो अनुभव बटुलेको थिए ।

जसै केबुलकारबाट अर्लियौ त्यसको दायाँ तर्फ भिउ हेर्न उपयुक्त खुल्ला ठाउँ रहेछ । त्यहाबाट सेतै फुलेका लहरै उभिएका हिमश्रीङ्खलाहरु दृश्याबलोकन गरियो । त्यसको देब्रे पट्टि छेउमै एउटा सुचना लेखिएको थियो । जहाँ लेखिएको थियो ‘ तपाईं समुन्द्री सतहबाट ८२६८(२५२०मि.) माथी हुनुहुन्छ’ ।

त्यहाबाट हाम्रा पदचापहरु फेरि उकालो तर्फ बढ्दै गर्दा रिङ्गटा(धङ्धङी) लागेको अनुभूति भैरहेको थियो । माथी चुचुरोमा रहेको भिउ टावर मुनि बालबालिकाहरुका निम्ति खेल्न फन पार्क बनाइएको रहेछ, जसमा साना केटाकेटिहरु निक्कै रामाइलो मानेर खेले । चन्द्रागिरी हिल्सको यो पक्ष राम्रो लाग्यो ।

खाना नखाइ बिहानै हिडेको हुँदा भोक लागेको अनुभिति भयो र खाना खाने अठोट सहित एउटा रेष्टुरेन्टमा छिर्यौ । मेनुको लिस्टमा सादा खानाको रु. ४००(चार सय) उल्लेख गरेको पाइयो । वेटरलाइ सोध्यौ हो रहेछ । त्यसमा अझ भ्याट र सर्भिस चार्ज जोडिन्छ रे । जतिसुकै भोक लागेको भएपनी चार गुणा बढी मूल्य तिरेर खाना नखाने सोच बनयौ । सानो कोल्ड ड्रीन्क्सको ८० रुपैयाँ र १० रुपैया पर्ने मिनेरल वाटरको ८० रुपया पर्ने रहेछ । हामी तीन छक पर्यौ । यो महङ्गीको बिषयमा त्याहाका म्यानेजर जस्तो देखिने एक ब्यक्तिलाइ महङ्गिको बिषयमा सोधे तर उनले गार्हो मानी मानि साहुलाइ सोध्नुस यस्तो कुरा म त स्टाफ मात्र हु भन्ने बताए । हामि भोक खपेरै तल झरयौ र महङ्गिको कुरा सोध्न प्रसासनमा सोध्ने प्रयत्न गर्यौ, त्यहा कोहि देखिएनन । त्यसपछि सुरक्षा सहायक बुद्धि श्रेष्ठलाइ सोध्यौ उनको जवाफ यस्तो आयो । ‘ बाहिर सबैले देख्ने ठाउमा मेनु राखेका छौ, जबर्जस्ती खानैपर्छ भनेका छैनौ । मन लागे खाने, नलागे नखादा नि भो ‘ भन्ने गैरजिम्मेवार उत्तर दिए ।

सुन्दर ठाउँको कुरुप महङ्गीलाई धिक्कार्दै भोकै फर्कियौ । ओरालो झर्दै गर्दा एक केसि थरका अधबैसे महिलालाइ हिल्सको महङ्गिको बारेमा सोधेँ उनले भने ‘ सबै चिज महङ्गी छ माथी । केही छोइसक्नु छैन ।लुट्न आका हुन ब्रम्हलुट गरिरहेका छन। सरकारले केही भन्दैना हामी जस्ताको पहुँच छैन ‘ । यो उत्तरमा मनलाइ नमजासङ्ग चिमोटिरह्यो । एउटा पानीमा ८ गुणा बढी मूल्य लिदा समेत के हेरिरहेको छ सरोकारवाला निकाय?

यी र यस्ता बग्रेल्ती अनुत्तरित प्रस्नहरु मनभरी झुसी पार्दै कलङ्की आएर खाजा खाएर छुट्टियौ । मनले भने आफैलाइ सोधिरहेको थियो कि, चन्द्रागिरी हिल्सको ब्रम्हलुट कहिलेसम्म ?

प्रस्तुति  = पत्रकार मिलन लामा