You are here
Home > समाचार > गैंडाको आक्रमणबाट भरतपुरमा १ जनाको मृत्यु !

गैंडाको आक्रमणबाट भरतपुरमा १ जनाको मृत्यु !

१६ जेष्ठ २०७५, बुधबार १०:१०

गैंडाकाे आक्रमण परी चितवनकाे भरतपुर महानगरपालिका–२५, ध्रुवमा एक जनाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गरेका  स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको गैंडाकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार  माछा मार्न गएका ५० वर्षीय क्षेत्रीलाई दोभान सामुदायिक वनमा गैंडाले आक्रमण गरेको थियो । आक्रमणमा परी गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा बुधबार बिहान १ः१५ बजे कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल मृत्यु भएको हो ।

मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • 14
    Shares