You are here
Home > Front News > गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालन

गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालन

२७ कार्तिक २०७५, मंगलवार १२:०६

२७ कात्तिक, गुल्मी ।

गुल्मीमा पहिलो पटक अटो रिक्सा सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम तम्घास बजारलाई लक्षित गरी अटो रिक्सा सञ्चालमा ल्याइएको हो । तम्घास बजारभित्र र नजिकैका स्थानहरुमा सञ्चालन गर्ने गरी झण्डै एक दर्जन अटो रिक्सा सञ्चालनमा ल्याइएको छ ।

तम्घास बजारभित्रका बिभिन्न स्थानहरुमा पुग्न र सामानहरु ओसारपसार गर्नको लागि अरु सवारीसाधानहरु सञ्चालन नहुँदा यात्रुहरुलाई निकै समस्या थियो । तर, हालै केही दिन यता एकै पटक धेरै अटो रिक्साहरु सञ्चालनमा आएसँगै यात्रुहरुलाई सहज भएको छ ।