You are here
Home > Front News > गाेदावरी न.पा.मेयर गजेन्द्र महर्जन द्वारा प्रकृती माथि बलात्कार

गाेदावरी न.पा.मेयर गजेन्द्र महर्जन द्वारा प्रकृती माथि बलात्कार

२५ पुष २०७४, मंगलवार १०:००

 

ललितपुर, पुस २४ । पैसा भनेपछि महादेवको पनि तीन नेत्र भनेझैं ललितपुरका जनप्रतिनिधिहरु विकास भन्दा पनि विनासतिर लागि जसरी पनि पैसा कमाउने धन्दामा लागेका छन् ।

ललितपुरको दक्षिणी भेग ओगटेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र कार्यकारी प्रमुख टेकराज पन्थीको सेटिङमा गैरकानुनी रुपमा खानी, क्रसर र जग्गा प्लटिङहरु संचालन गर्न दिई मोटो रकम असुल उपर गर्दै आइरहेका छन् ।

ललितपुरको दक्षिणी भेगमा पर्ने करिब ३० वटा क्रसरबाट मासिक २६ लाख रुपैयाँ उठाई भाग वण्डा गराउने काममा मेयर महर्जन सक्रिय रुपमा लागेको नगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरु र स्थानीयवासीले बताएका छन् ।

मेयर महर्जनले घरेलु उद्योगमा नविकरण फेल भएका दर्जनौं खानी र क्रसरलाई नगरपालिकाले नै पत्र दिई संचालन गर्न दिएको बुझिएको छ ।
स्रोतका अनुसार मेयर महर्जनले यसरी उठाएको रकममा मासिक आफैले पाँच लाख, भ्याली एआईजी जयबहादुर चन्दलाई पाँच लाख, सीडीओ महादेव पन्त तीन लाख, ललितपुर परिसरका एसएसपी गणेश ऐर तीन लाख, चापागाउँ प्रहरी वृत्तका डीएसपी रविन्द्र रेग्मीलाई दुई लाख, गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख टेकराज पन्थी दुई लाख, गुण्डा भाग मिलाउन क्रसर व्यवसायी र मेयर महर्जनका कार्यकर्ता राजभाइ देसार, अमन महर्जन, बाबुकाजी महर्जनलाई दुई लाख, अन्यलाई मिलाउन भनी क्रसर व्यवसायी संघका अध्यक्ष सुदर्शन विष्ट, क्रसर व्यवसायी प्रकाश डोटेल र वडा अध्यक्ष तथा क्रसर व्यवसायी विष्णुमान महर्जनले ४ लाख लिने गरेको गोदावरी नगरपालिकाभरी चर्चाको विषय बनेको छ ।

३० वटा क्रसर मध्ये ठूलो क्रसरबाट मासिक एकदेखि दुई लाखसम्म लिने गरेको र सानातिना क्रसरबाट ५० हजार उठाउने गरेको क्रसर व्यवसायीहरुले नै बताउने गरेका छन् ।

मेयर महर्जनले सुदर्शन विष्ट, मधु डोटेल र वडा अध्यक्ष विष्णुमान महर्जनसँग मिली यस्तो खिनौदो कार्य गरेको गोदावरी नगरपालिकाभरी फैलिएको छ ।

विष्ट, डोटेल र वडा अध्यक्ष महर्जनको खानी र अन्य दर्तासमेत नभएका खानीबाट पनि राम्रै असुलउपर गरी प्रतिदिन सयौं टिप ढुंगा उत्खनन् गर्न दिइरहेका छन् ।

यसरी जनताको अगाडि नमुना गोदावरी नगरपालिका बनाउने उद्घोष गरेका जनप्रतिनिधिले नै विकासको नाममा विनास गरी आर्थिक लाभ लिन खुट्टा उचालेर लाग्ने र स्थानीय जनतालाई भन्दा उद्घाटन र सेमिनारमा मात्र समय खर्चने मेयरका कारण गोदावरी नगरपालिकाका जनताहरु निरास बन्न थालेका छन् ।

स्मरणीय छ, मेयर महर्जनले गएको प्रतिनिधि सभा र प्रदेश सभा अगाडि चापागाउँ प्रहरी वृत्तका डीएसपी आभुषण तिमल्सिनाले गैरकानुनी रुपमा खानी, क्रसर, जग्गा प्लटिङ, मदिरा नियन्त्रण र समाजमा उच्छृंखल गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्दै आइरहेका इमान्दार प्रहरी अधिकृतको परिचय दिइरहेकालाई अनेक आरोपहरु लगाई सरुवा गर्न समेत सफल बनेका थिए ।

आफ्नो स्वार्थ अनुकुल मात्र काम गर्ने, पैसा भनेपछि हुदै नहुने काममा पनि अगाडि बढ्ने नेपाली कांग्रेसबाट विजयी बनेका मेयर महर्जनका कारण गएको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा जनताले नराम्ररी कांग्रेसका नेताहरु पराजित भएको स्थानीयले बताउने गरेका छन् ।

मेयर महर्जन कुनै राजनीतिक हैसियत नभएको पारिवारिक ब्याकग्राउण्ड खासै नभएका भए पनि पार्टी सभापति मदनबहादुर अमात्यको आर्शिवादले टिकट पाएका हुन् ।