कालिकोट जिल्लाको खडाचक्र नगरपालिकामा सुनार खोलामा बस दुर्घटना हुदा ३ जना घाइते भएका छन । घाइते हुनेमा बैतडी जिल्ला सिबनाथ गाउपालिका वडा नं. ५ का बर्ष ३८ का तेज बहादुर चन्द, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका वडा नं. १० बर्ष ३८ कि टिकालक्ष्मी न्यौपाने, जुम्ला जिल्ला पातारासि गाउपालिका वडा नं. ५ बर्ष ३५ कि कोइरे बुढा घाइते भएका छन ।घाइते मध्य टिकालक्ष्मी न्यौपान तेज बहादुर चन्दलाई जिल्ला अस्पताल कालिकोटले नेपालगन्ज रिफर गरेको छ । गाडिको क्षमता ४० जनाभए पनि ७० जना यात्रु सवार रहेका थिए । कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने चाहना भएकै कारण नआत्तिएर ठुलो दुर्घना हुनबाट जोगाएको कुवँरले बताए ।यात्रु र स्थानिय वासिन्दाहरुले ठुलो दुर्घना हुनबाट जोगाएको भन्दै चालक कुँवरलाई धन्यावाद दिएका छन् । त्यस्तै हिजो उदयपुर, गुल्मि लगायत देश भर दुर्घटनामा परी २० जना भन्दा बढिको ज्यान गएको छ ।