You are here
Home > प्रशासन > कस्तुरीको बिना सहित ४ जना पक्राउ

कस्तुरीको बिना सहित ४ जना पक्राउ

२४ श्रावण २०७५, बिहीबार ११:२४

काठमाडौंको ज्याठाबाट कस्तुरीको बिनासहित चार जना पक्राउ परेका छन्।

लोपोन्मुख बन्यजन्तु कस्तुरीको बिना बोकेर हिँडिरहेको अबस्थामा पक्राउ परेका हुन्।

गोप्य सुचनाको आधारमा महानगरिय प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले रामेछाको गोकुलगंगा – का १८ वर्षीय अर्पण सुनुवार, काभ्रे भुम्लु-४ का १८ वर्षीय दिपक नेपाली, रामेछापको बेथान-४ का १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ-३ का २७ वर्षीय जीवन बस्नेत छन्।

उनीहरुको साथबाट कस्तुरीको बिना ३ थान वरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई थप अनुसन्धान भै रहेको जनाएको छ ।

  • 5
    Shares