You are here
Home > समाचार > करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर घाइते !!!

करेन्ट लागेर २ जनाको मृत्यु, १ गम्भीर घाइते !!!

१६ असार २०७५, शनिबार ११:००

बाँकेमा बिजुलीको हाइटेन्सन लाइनकाे तार चुँडिएर फैलिएकाे करेन्ट लागेर २ जनाको ज्यान भएको छ । ३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, भगवानपुर बाँकेले दिएको जानकारी अनुसार, करेन्ट लागेर ३ जना घाइते भएका छन् । घाइते इला शाहीको अवस्था गम्भीर छ । दुई घाइते कमला बुढाथोकी र दिनेश बुढाथोकी भने सामान्य उपचारपछि घर फर्किएका छन् ।

करेन्ट लागेर ३ वटा गाईसमेत मरेका छन् ।

  • 1
    Share