
काठमाडौं-एशिया कप छनौट खेलका लागि १९ सदस्यीय प्रारम्भिक टोली तयार भएको छ । नेपाली टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले भने एसिया कप छनोट खेल गुमाउने भएका छन् । नेदरल्याण्ड्ससँगको ऐतिहासिक एकदिवसीय खेलका क्रममा औंलामा चोट लागेका कारण शरद नेपालको प्रारम्भिक टोलीमा परेका छैनन् । फिल्डिङका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेपछि उनले दोस्रो एकदिवसीय खेल पनि गुमाएका थिए ।
डाक्टरको अनुसार शरदलाई खेलमा फर्कन कम्तिमा चार हप्ता लाग्ने छ । जबकी २९ अगस्टबाट एसिया कप छनोट खेल मलेसियामा सुरु हुनेछ । यद्यपि अन्तिम टोली घोषणा गर्दा शरदलाई बोलाउने बाटो भने खुला राखेको छ ।
टोलीको साउन २९ गतेदेखि बन्द प्रशिक्षण हुँदै छ । त्यसपछि अन्तिम सदस्यहरुको नाम सार्वजनिक हुने छ । तयारीकै लागि भैदोको पहिलो हप्ता नेपालले श्रीलंका भ्रमण गर्ने तालिका रहेको छ ।
अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छनोट खेलमा नेपालसँगै हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया छन् ।
नेपालको खेल
भदौ १३ ओमान बिरुद्द
भदौ १४ गते युएई बिरुद्ध
भदौ १६ गते मलेसिया बिरुद्ध
भदौ १७ गते सिंगापुर बिरुद्ध
भदौ १९ गते हङकङ बिरुद्ध
राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले एशिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग खेल्नेछ ।
एसियाका टेस्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट प्रक्रियाबाट गएको एक देशले एसिया कप क्रिकेट खेल्नेछ ।
प्रारम्भिक टोलीका खेलाडीहरु
१.पारस खड्का-कप्तान
२. ज्ञानेन्द्र मल्ल-उपकप्तान
३.अनिलकुमार साह
४.बसन्त रेग्मी
५.बिनोद भण्डारी
६.दिपेन्द्र सिंह ऐरी
७.करण केसी
८.किशोर महतो
९.ललित भण्डारी
१०.ललितनारायण राजवंशी
११.मोहम्मद आरिफ शेख
१२.प्रदीप ऐरी
१३.रोहितकुमार पौडेल
१४.सागर पुन
१५.सन्दीप लामिछाने
१६.सोमपाल कामी
१७.सुवास खकुरेल
१८.सुनील धमला
१९.सुशान भारी छन् ।
- 1Share