You are here
Home > Front News > एसपी विष्टले बुधबार गृह मन्त्रालयमा स्पष्टिकरण बुझाए

एसपी विष्टले बुधबार गृह मन्त्रालयमा स्पष्टिकरण बुझाए

८ कार्तिक २०७५, बिहीबार १५:५८

काठमाडौं, कात्तिक ८ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रभावकारी छानविन नगरेको अरोप लागेका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बुधबार आफ्नो स्पष्टिकरण बुझाएका छन् ।

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका एसपी विष्टले बुधबार गृह मन्त्रालयमा स्पष्टिकरण बुझाएका हुन् ।

गृहले स्पष्टीकरण लिएर मन्त्रालयमा पेस गर्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । एसपी विष्टले आफू अन्य काममा व्यस्त भएको बताउँदै गृहले सोमबार पठाएको पत्र मंगलबार मात्रै बुझेका थिए ।

पत्र बुझेको २४ घन्टाभित्र लिखित जवाफ पठाउनुपर्ने भएकाले एसपी विष्टले बुधबार जवाफ पेस गरेका हुन् ।

पन्त हत्याको अनुसन्धानमा लापरबाही गरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टराईलाई सेवाबाट निष्कासन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेका थिए ।