You are here
Home > Front News > एकहजार अमेरीकी डलरको अन्तर्राष्ट्रिय पुरस्कारबाट पत्रकार अर्याल सम्मानित

एकहजार अमेरीकी डलरको अन्तर्राष्ट्रिय पुरस्कारबाट पत्रकार अर्याल सम्मानित

३ मंसिर २०७५, सोमबार १६:०८

रुपन्देहीमा लामो समयदेखि क्रियासिल पत्रकार इन्दिरा अर्याल अन्तर्राष्ट्रिय ग्रामिण जिवनमा महिला सिर्जनशिलता’ पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
ग्रामिण महिलाहरुको जीवन स्तर उकास्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै स्विजरल्याण्डको संस्था ओमन वल्र्ड समिट फाउन्डेसनले पत्रकार अर्याललाई पुरस्कार प्रदान गरेको हो । अर्याललाई परिर्वतनकालागि कार्यरत महिला समुह सहितका बिभिन्न सस्थाले आयोजना गरेको एक समारोहमा प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले एक हजार अमेरीकी डलर रासिको पुरस्कार प्रदान गर्नु भएको हो ।

कार्यक्रममा मन्त्री बरालले यस्ता सम्मानले सम्पुर्ण ग्रामिण क्षेत्रका महिलाहरुलाई अगाडी बढ्न प्रेरित गर्ने बताउनु भयो । उहाँले समाजलाई सकारात्मक दिशातर्फ लैजान सबैको भुमिका अपरिहार्य रहने बताउनु भयो । मन्त्री बरालले सिमान्तकृत सामुदायका समस्या, उनीहरुले गरेका योगदान, तिनीहरुका समस्या लगायत बाहिर ल्याउन जरूरी भएको बताउनुभयो ।
प्रदेश सांसद विष्णु पन्थीले विभिन्न अभियानहरु चलाएर ग्रामिण क्षेत्रका महिलालाई अगाडी बढाउन जरुरी रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा आफना अनुभव राख्दै पुरस्कृत अर्यालले पत्रकारिताका शुरुका दिन निकै पिडादायी रहे पनि अहिले त्यसको प्रतिफल मिठो रहेको बताउनुभयो । उहाँले समाजमा पछाडि पारेको वर्गलाई अगाडी ल्याउनलाई निरन्तर समाजिक अभियानमा लागि रहने बताउनु भयो ।
स्वीस सरकार मार्फत ओमन वल्र्ड समिट फाउन्डेसनले यो पुरस्कार सन् १९९५ देखि दिँदै आएको छ । हरेक वर्ष विश्व ग्रामिण महिला दिवस ९ अक्टोवर, पन्ध्र तारिखका दीन उक्त पुरस्कार वितरण गर्ने गर्दछ ।
महिला जागरण सहयोग समुहका अध्यक्ष निर्मलादेवी थारुको अध्यक्षतामा भएको कार्यक्रममा परिवर्तनका लागि कार्यरत महिला समूह (वाच)का कार्यकारी निर्देशक डा नारायणकाजी श्रेष्ठ, रेडियो लुम्बिनीका कार्यबाहक अध्यक्ष दुजेन्द्र बस्नेत, महिला उद्यमी यमुना चापागाई , पार्वती परियार, दलबहादुर गुरुङ्ग लगायतले बोल्दै अर्यालले सम्मानले समाजलाई अग्रगतिमा लैजाने महिलाहरुको शिर ठाडो भएको बताउनुभयो ।
स्रोत:तिलोत्तमा सिटि

  • 9
    Shares