You are here
Home > राजनीति > उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा  

उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा  

१६ कार्तिक २०७४, बिहीबार १७:०५

उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी लामाले उम्मेदवार दर्ता गर्न नपाउनुको कारण, उम्मेदवारी दिनका लागि सोही क्षेत्रका मतदाता रहेका एकजना प्रस्तावक र अर्कोजना समर्थक चाहिन्छ । उनले एकजना महिला प्रस्तावक त ल्याएकी थिइन तर सर्मथक थिएनन् । ती प्रस्तावक महिला पनि काठमाडौंको फरक निर्वाचन क्षेत्रको रहेछिन् ।

आयोगका कर्मचारीहरुले पाँच बजेसम्म समय रहेको बताएपनि २ घन्टाभित्र बौद्ध पुगेर आफूले समर्थक र प्रस्तावक खोजेर ल्याउन ढिला हुने भन्दै रोइरहेकी थिइन् ।