You are here
Home > Front News > चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को पचहत्तर प्रतिशत सुटिङ सकियो

चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को पचहत्तर प्रतिशत सुटिङ सकियो

७ माघ २०७४, आईतवार २०:०९

काठमाडौं |

‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रको पचहत्तर प्रतिशत सुटिङ भैसकेको छ । युके भिषा समस्याका कारण पूर्व निर्धारित मितिमा छायाँकन हुन नसकेको फिल्मको अहिलेसम्म पचहत्तर प्रतिशत सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ।

पछिल्लो समय अभिनेत्रीहरूमा सबैभन्दा चर्चित र सफल देखिएकी साम्राज्ञी यतिबेला लन्डनमा ‘इन्टु मिन्टु लन्डनमा’को सुटिङमा व्यस्त रहेकी छिन्। उनी संगै युटुबमा चर्चा पाएका नायक धिरज बुढा मगर पनि जोडिएको छ।

यससँगै फिल्मले आफ्नो फस्ट लुक तस्विरहरू सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा फिल्मका मुख्य कलाकार साम्राज्ञी तथा धिरज मगरको रोमान्टिक मुड तस्विरहरू छन्। कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशकिय डेब्यू फिल्मको बाँकी २५ प्रतिशत छाँयाकन नेपालमामा चैत-वैशाखमा हुनेछ।

प्रज्ज्वल समशेर जबरा र रेनशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकारको पनि मुख्य भूमिका छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनशा हुन भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र ध्वज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टि सुजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”1″][contact-field label=”Email” type=”email” required=”1″][contact-field label=”Website” type=”url”][contact-field label=”Message” type=”textarea”][contact-field label=”” type=”text”][/contact-form]