You are here
Home > Front News > अशोक लेल्याण्डकाे दोस्त प्लस बुटवल बाट सार्बजनिक

अशोक लेल्याण्डकाे दोस्त प्लस बुटवल बाट सार्बजनिक

५ पुष २०७५, बिहीबार १९:२८

बुटवल, ५ पुस । अशोक लेल्याण्डकाे नेपालका लागी आधिकारिक विक्रेता आ.एम.ई मोटर्सले एल सि भि सेग्मेन्ट अन्तर्गतकाे दोस्त प्लस गाडी आज बुटवलमा एक कार्यक्रमकाे आयाेजना गरि सार्वजनिक गरेको छ ।

आफ्नै सर्भिस सेन्टर पत्थरडाँडामा आयाेजित कार्यक्रममा दोस्त प्लस गाडीकाे जानकारीका साथै बिक्री सुरु गरेकाे छ ।

एलसिभि सेग्मेन्ट प्रमुख शुसिल थापाले नेपालकाे बाटो सुहाउदो र ब्यावसायिक हितको लागी उत्कृष्ठ गाडी भएकाले यसले राम्रो बजार लिने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै दोस्त गाडीका पोडक्ट इन्चार्ज प्रभात विक्रम विष्टले यसकाे प्रतिश्प्रधि नेपालमा कुनै कम्पनिकाे गाडी नभएकाे र प्रोडक्ट आफैमा उत्कृष्ठ भएकाले राम्रो बजार लिने दाबी गर्दै कम्पनिले ग्राहकलाई एक लाख किमी अथवा दुई वर्ष ६ महिना सम्म समयावधि अनुसारकाे सर्भिसिङमा निशुल्क सेवा दिने जानकारी दिए ।

१५०० केजी भार वहान क्षमता रहेकाे गाडीकाे बजार मुल्य विस लाख चालिस हजार ताेकिएकाे छ ।

  • 40
    Shares