You are here
Home > समाचार > अर्जेन्टिनाद्वारा इजरायलसँगको विश्वकप अभ्यास खेल रद्द !

अर्जेन्टिनाद्वारा इजरायलसँगको विश्वकप अभ्यास खेल रद्द !

२३ जेष्ठ २०७५, बुधबार ०७:५१

काठमाडौं । अर्जेन्टिनाले इजरायलसँगको एक मैत्रीपूर्ण खेल रद्द गरेको छ । अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा तय भएको थियो ।

तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो ह्युगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको खेल स्थगित गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार गाजामा जारी हिंसाका कारण खेल रद्द गरिएको हो । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायलको व्यवहार गलत भएको भन्दै इजरायलमाथि राजनीतिक दबाव छ ।

ह्युगेनले खेल रद्द भएर राम्रो भएको बताएका छन् । अर्जेन्टिनाका सञ्चारमाध्यमले पनि खेल रद्द भएको समाचार प्रसारण गरिरहेका छन् । इजरायली फुटबल एसोसिएसनले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन ।

अर्जेन्टिनी सन्चार माध्यमहरुका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीलाई फोन गरेर खेल स्थगित गर्न भनेका थिए ।

पछिल्लो खबरअनुसार गाजामा इजरायली सेनाले १२० जना प्यालेस्टाइनीको हत्या गरेका छन् ।

  • 6
    Shares